Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

कोशी प्रदेशमा आजै नयाँ सरकार, हिक्मत कार्की मुख्यमन्त्री बन्ने

काठमाडौं : कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ। नेकपा माओवादी केन्द्रसहित आजै प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिए।

एमालेका ४० र माओवादी केन्द्रका १३ सांसदको हस्ताक्षरसहित एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बिहान ११ बजे दाबी पेश गरिने उनले जानकारी दिए। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन भए पुग्छ। उपेनता रानाका अनुसार मुख्यमन्त्री कार्कीको नियुक्ति र शपथ पनि बिहीबार नै गर्ने तयारी गरिएको छ।

आज मुख्यमन्त्री बाहेक एमाले र माओवादीका एक-एक जना मन्त्रीले पनि शपथ ग्रहण गर्ने रानाले बताए। केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी भने अझै केदार कार्की नेतृत्वको सरकारमै सहभागी छ। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गरी गएराति संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै शुक्रबारसम्म अर्को सरकार गठनका लागि आह्वान गरेका हुन्।

केदार कार्की नेतृत्वको सरकारले बहुमत गुमाएको तर विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको भन्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्। यसविरुद्ध नेपाली कांग्रेसले भने अदालत जाने तयारी गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP