Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

स्थानीय तहबाट योजनाका फाइल बोकेर आउनु पर्दैन : मुख्यमन्त्री महरा

चन्द्रौटा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योजनाका फाइल बोकेर मन्त्रालय नआउन स्थानीय सरकार प्रमुखलाई आग्रह गरेका छन्। नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेशले चन्द्रौटा गरेको अन्तरक्रियामा मुख्यमन्त्री महराले स्थानीय तहले प्रदेश स्तरका योजना छनोट गरी प्रदेश स्तरीय कार्यालय पठाउनुपर्ने बताए।

विकास निर्माणका कार्यहरूमा गुणस्तरीयता र निर्धारित समयको ख्याल गरी काम गर्न स्थानीय तहलाई आग्रह गरे। तीन वटै सरकार मिलेर काम गरेमा लक्ष्यमा पुग्ने महराले बताए। समृद्ध प्रदेश बनाउने उद्देश्यलाई स्थानीय प्रदेश र केन्द्र मिलेर काम गर्नुपर्ने तर्क राखे।

कार्यक्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा श्रेष्ठले जनताको पैसा दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको बताइन्। विकास निर्माणको सवालमा मेसिनको प्रयोग हुने संरचनामा उपभोक्ता समितिलाई जिम्मा दिन नहुने जनाइन्।

अख्तियारले गलत काम गर्नेलाई नछोड्ने भएकोले नियमानुसार काम गरेमा आत्तिइहाल्नु पर्ने अवस्था नरहने जिकिर उनको थियो।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुगंनाले वित्तीय समानिकरणको रकम घटाएमा ७५३ स्थानीय तहले सिहदरवार घेर्ने चेतावनी दिए। स्थानीय तहको एकल अधिकारमाथि सङ्घ र प्रदेशले हस्तक्षेप गरेको आरोप लगाएका छन्। उनले स्थानीय तहका प्रमुखहरू मुख्यमन्त्री र प्रधानमन्त्री कार्यालयमा योजनाका फाइलमा बोकेर जानुपर्ने बाध्यता रहेको बताए।

नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेशका संयोजक खिलध्वज पन्थीले निर्वाचनमा पराजित भएका उम्मेदवारले अख्तियार प्रयोग गरी स्थानीय तहहरूलाई दुख दिने गरेकोले बेनामे उजुरी नियम अन्त्य गर्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP