Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन : पर्यटनमन्त्री तामाङ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन्। शुक्रबार पशुपति क्षेत्र विकास कोषको ३८ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रूपमा हेर्न नहुने बताएका हुन्।

उनले विगतमा पशुपति विकास कोष गैरराजनीतिक आध्यात्मिक थलो भएको बताए। पछिल्लो समय कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भए पनि अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए।

उनले गैरराजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको दाबी गरे। उनले पशुपति क्षेत्र विकास कोष गैरराजनीतिक आध्यात्मिक पवित्र थलो भएकाले आफूले धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने प्रतिबद्धता जनाए।

उनले पशुपति क्षेत्र विकास कोषमा राजनीतिक गर्न नहुने विषयमा आफू सचेत रहेको बताए। पशुपति क्षेत्र, विश्व सम्पदा सूचीमा सूचिकृत,पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ।

मन्त्री तामाङले पशुपति क्षेत्रलाई व्यवस्थित प्रवद्र्धन गर्नसके धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने बताए।

उनले भने, ‘नेपालको विकास समृद्धि राजनीतिक नेतृत्व गैर राजनीतिक ठाउँमा आएर राजनीतिक गर्नाले हुन सकेन। पशुपति क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो। धार्मिक स्थल हो। धार्मिक उदेश्य प्राप्तिको निम्ति काम गर्ने हो। तर पशुपति क्षेत्र विकास कोषमा राजनीतिक बढी गर्नथाल्यौँ भने हाम्रो देश नबिग्रे अरु कुन देश र मानिसहरु बिग्रछन्। त्यसबाट बच्नुपर्छ भन्ने कुरामा आफू सचेत छु। पशुपति क्षेत्र,विश्व सम्पदा सूचीमा सूचिकृत ,पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। पशुपति क्षेत्रलाई व्यवस्थित प्रवद्र्धन गर्नसक्यौं भने धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्छ।’

उनले करोडौं जनसंख्या भएको हिन्दु धर्मप्रति आस्था राख्ने भारतका हिन्दु धर्मालम्वीहरुलाई सहज रुपमा भित्र्याउन पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए।

रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूर्तपूर्ण योगदान पुर्‍याउने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP