Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

संसदीय अभ्यासमा बाधा गर्ने काम भयो : निधि

जनकपुरधाम : प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले सहकारीमा भएको ठगीमा संसदीय छानबिन समिति नबनाएर संसदीय अभ्यासमा बाधा पर्ने काम भएको बताएका छन्। उनले नेपाली जनताले दुःख गरेर जम्मा गरेको अर्बौँ रकम हिनामिना भएको बताएका छन्।

शनिबार जनकपुरधाममा नेपाली कांग्रेस धनुषाद्वारा प्रशिक्षण प्रारम्भ समुद्घाटन समारोहलाई सम्बोधन गर्दै निधिले सहकारी ठगी प्रकरणमा अहिलेका गृहमन्त्री सहितका व्यक्तिविरुद्ध चितवन, पोखरा र रूपन्देहीमा हजारौँ उजुरी परेको बताउँदै त्यस्तो गम्भीर विषयमा संसदीय छानबिन समिति गठन गर्न नचाहनु सरकारकै कमजोरी भएको बताए।

नेता निधिले सरकारले संसदीय छानबिन समिति नबनाएर अध्यादेशमार्फत बजेट ल्याउने हल्ला सुनेको बताउँदै यो मुलुकका लागि ठिक नभएको बताए।

संघीय लोकतान्त्रिक व्यवस्थाको पूर्णताका लागि संविधानको संशोधन आवश्यक भएको बताउँदै त्यसका लागि दलहरूबीच अधिकतम सहकार्य जरुरी रहेको नेता निधिले बताए।

नेपाली काँग्रेसका पूर्व उपसभापति समेत रहेको नेता निधिले भने, ‘संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा छ।’

जनताबाट निर्वाचित प्रतिनिधिहरूको थलोको रूपमा रहेको प्रतिनिधिसभाबाट काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिनको माग गर्दा त्यसमा सरकारले साथ दिनुको साटो विवाद बढाउने काम गरेको नेता निधिले बताए।

नेता निधिले काँग्रेस र एमाले मिल्नुपर्ने पक्षमा आफू नभएको बोल्दै दुई ठूला दल मिलेर समस्या समाधान हुन्छ भन्ने सुनिश्चितता नभएको बताए। उनले समस्याको समाधान गर्न दृढ इच्छाशक्ति हुन आवश्यक रहेको बताए।

कुनै एक दलको बहुमत नआउनुमा समानुपातिक निर्वाचन प्रणाली बाधक नभईकन समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अघि बढ्न र प्रदेशलाई बलियो बनाउन प्रहरी तथा कर्मचारी समायोजनमा ढिलाइ गर्न नहुने बताए।

नेपाली काँग्रेस प्रशिक्षण शाखाका अध्यक्ष एवं जिल्ला उपसभापति गणेश झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, मीनाक्षी झा, जिल्ला सभापति योगेन्द्र पञ्जियार र प्रदेशसभा सदस्य रामसरोज यादव लगायतका नेता कार्यकर्ता उपस्थित थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP