Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

ढिलोमा पनि एक हप्तामा सरकार विस्तार भइसक्छ : मुख्‍यमन्त्री कार्की

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार विस्तार हुने बताएका छन्। सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकार विस्तारबारे केही सैद्धान्तिक कुराहरु भइसकेको र त्यसकै आधारमा यही हप्तामा सरकार विस्तार गर्ने बताए। कार्कीले ५७ मत प्राप्त गरेका छन्।

प्रदेशसभा बैठकमा उपस्थित ६२ जना सांसदमध्ये ५७ जनाले उनलाई समर्थन गरे। नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाका १ सांसदले समर्थन गरेका हुन्।राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद तटस्थ बसे।

मुख्‍यमन्त्री कार्कीले बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्ने कि राजीनामा दिनुपर्ने वा अर्को सरकार बनेपछि स्वीकार्नुपर्ने कुरामा आफूहरु स्पष्ट रहेको बताए।

उनले भने, ‘केही सैद्धान्तिक कुराहरु हामीले गरेका छौँ, यसको आधारमा अब हामी एक दुई दिनभित्र सबै कुरा टुंग्याएर ढिलोमा पनि यो हप्ताभित्र सरकार विस्तार गरिसक्छौं। जसपाल पक्षमा रहेर र नेकपा एसले विपक्षमा रहेर हामीलाई समर्थन गरेको छ। जसपाको सनाखत भइरहेको छ, निर्वाचन आयोगले दिएको सनाखतको समयपछि हामी बाँकी कुरा अघि बढाउनेछौँ। नेकपा एकीकृत समाजवादीको भने विपक्षमा समर्थन छ। त्यही अनुसार अघि बढ्नेछौँ। समयक्रममा सबैको सरकार बन्न पनि सक्छ। बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्छ, की राजीनामा दिनुपर्छ। कि अर्को सरकार बनेपछि स्वीकार्नुपर्छ। यसमा हामी स्पष्ट छौँ।’

सर्वोच्च अदालतले अल्पकालीन आदेश नगरेको र रिट जारी पनि नगरेको तथा कुनै कामकाज नरोक्नु भनेकाले कामकाज नरोकेको स्पष्ट पार्दै सर्वोच्चले भविष्यमा गर्ने कुनै पनि फैसला आफूहरुले मान्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP