Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौं : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।

नेपाल पत्रकार महासंघले गैर पत्रकारहरुलाई समेटेर पत्रकारहरुको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमबार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो।

गत जेठ ८ गतेको सहमतिविपरीत महासंघले गैर पत्रकारहरुलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएको त्यसको खारेजीको माग गर्दै केन्द्रिय कार्यालयमा तालाबन्दी लगाउनु परेको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए।

उनले सो सदस्यता न्यायोचित नहुँदासम्म आफूहरुले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए।

अध्यक्ष सुवेदीले भने, ‘गैर पत्रकाहरुलाई सदस्यता दिने काम, सदस्यता सूचिमा राख्ने काम भयो। गैर पत्रकारहरुको संख्या बढी राखिएको छ। हामीले भन्यौं शुद्धिकरण। शुद्धिकरण के का लागि भन्दा पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै बनाऔं भनेर। तर अहलिे गैर पत्रकारहरुको नाम रातारात थपेर फेरी अर्को सूची ल्याइयो। त्यसमा अध्यक्ष र महासचिवले हस्ताक्षर गर्नुभएको छ। महासंघको स्टयाम्प हालिएको छ। र, त्यो निर्वाचन समितिलाई बुझाउनका निमित्त तयार पारिएको अवस्थामा हिजो राति हामीले प्राप्त ग¥यौं। त्यो सदस्यता सूचिमा ८ गते तयार भएको सूचि भन्दा फरक नामहरु लेखेर आयो। हामीले न्यायोचित ढंगले सदस्यता सूचि ल्याईयोस भनिरहँदा हामी माथि नै आक्रमण गर्ने काम भईराखेको छ। यसकारण हामीले महासंघको केन्द्रिय कार्यालयमा ताला लगाउन आएका छौं।’

समाजवादी प्रेस संगठनले महासंघले नेपाल पत्रकार महासंघका आवद्ध आफ्नो संगठनमा आवद्ध पत्रकारहरुको नामावली सदस्यता सूचिबाट हटाएको भन्दै आपत्ति जनाउँदै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP