Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

विपद्‌ उद्धार र राहतका लागि ‘टास्क फोर्स’ बन्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन शुरु भएसँगै विपद् जोखिममा परेका जनतालाई राहत र उद्धारका लागि गृह मन्त्रालयको नेतृत्वमा ‘टास्क फोर्स’ बनाउने बताएका छन्।

सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुनका समयमा हुने विपद् जोखिमसम्बन्धी सरोकारवालसँगको छलफलमा बोल्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

उनले वर्षायाम शुरु भएसँगै मनसुनजन्य विपद्‌मा जनताको उद्धार, राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकप्टर व्यवसायीका प्रतिनिधि, जल तथा मौसम विज्ञान विभागको प्रतिनिधित्व हुने गरी तीन दिनभित्र ‘टास्क फोर्स’ बनाउने बताएका छन्।

उनले उक्त ट्याक्स फोर्सले तीन दिन भित्रमा विपद्‌बाट जनतालाई जोगाउनका लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजनासहितको कार्यविधि बनाउन निर्देशन दिए। उनले मनसुन शुरु भएकाले प्राकृतिक विपद्‌मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनुभन्दा पहिला नै राज्यले तयार गर्नुपर्नेमा जोड दिए।

उनले टास्क फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न निर्देशन दिए। उनले अफ्ठ्यारो परेको अवस्थामा कानूनी अड्चन नहुने गरी कार्यविधि बनाउन पनि सुझाव दिए।

बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा तत्कालका लागि बेलीब्रिज आवश्यक पर्ने भएकाले त्यसको अवस्था सार्वजनिक गरी व्यवस्थित गर्न पनि निर्देशन दिए।उनले बाढी पहिरोलगायतका जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्ने गरी टिम तयार पार्न पनि निर्देशन दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP