Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

कर्णालीका १० जिल्लामा सिँचाइ गर्न ८२ करोड बजेट छुट्याइयो

सुर्खेत : आगामी आव ०८१/८२ को बजेट भाषणमार्फत कर्णालीका १० जिल्लामा एकीकृत कर्णाली सिँचाइ आयोजनाका लागि सरकारले ८२ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलवार सङ्घीय सदनमा आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्।

भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका बाँकी काम गर्न २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। कृषि र वन पैदावार कार्यक्रम कर्णालीमा लागू गरिने भएको छ।

जाजरकोट, रुकुम पश्चिममा भूकम्पका कारण भत्किएका भौतिक संरचना निर्माण गर्न २१ अर्ब ६४ करोड रकम विनियोजन गरिएको छ।

जुम्लाको हिमा, तिला नदीको किनारमा मार्सी धान उत्पादन तथा विकास गर्न बजेट विनियोजन गरिएको छ।

आगामी आव ०८१/८२ को बजेट भाषणमार्फत कर्णालीमा रहेका २ जलविद्युत आयोजना निर्माण गरिने अर्थमन्त्री पुनले बताए।

उनले जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट डोल्पा र ४१७ मेगावाट जाजरकोट पनि निर्माण गरिने बताए।

कर्णाली करिडोरमा ४०० केभी प्रशारण लाइन, भेरी करिडोरमा ४०० केभी प्रशारण लाइन निर्माण गरिने अर्थमन्त्रीले घोषणा गरे। सुर्खेत र जुम्लामा सञ्चालनमा रहेका विमानस्थलको स्तरोन्नति गरिने पनि उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP