Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

बेरुजु शून्यमा झारेको काभ्रेको महाभारत गाउँपालिका

काठमाडौं : आर्थिक पारदर्शितामा स्थानीय तहको बारम्बार प्रश्न उठिरहँदा केही स्थानीय तहले भने यसलाई अब्बल रुपमा सावित गरेका छन्।

स्थानीय पालिकामा भ्रष्टाचार र बेरुजु बढ्दा काभ्रपलाञ्चोकको महाभारत गाउँपालिकाले भने आफूलाई अब्बल सावित गरेको हो। महालेखापरीक्षकको कार्यालयले गत आइतबार सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार काभ्रेको महाभारत गाउँपालिकाको बेरुजु भने शून्य रहेको छ। बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये जम्मा तीन स्थानीय तहको मात्रै बेरुजु शून्य आएको हो। महाभारत बाहेक ललितपुरको कोन्ज्योसोम र धादिङको बेनिघाट रोराङ गाउँपालिकाको बेरुजु पनि शून्य छ।

प्रतिवेदन अनुसार महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण गरेकोमा बेरुजु शून्य रहेको छ।
काभ्रेमा पहिलो शून्य बेरुजु भएको पालिका हुन पाउँदा आफूलाई खुशी लागेको पालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। कर्मचारी र अन्य जनप्रतिनिधिको भ्रष्टाचारमा शून्य सहनशिलतामा नीतिले नै आफ्नो गाउँपालिका अब्बल बन्न पुगेको जिम्बाको भनाइ छ।

काभ्रेमा महाभारत गाउँपालिका पछि पनौती नगरपालिका कम बेरुजुमा परेको छ भने रोशी गाउँपालिका तेस्रो स्थानमा रहेको छ। पनौतीले २ अर्ब ६६ करोड ५९ लाख ९७ हजारको लेखापरीक्षण गरेकोमा ०.१६ प्रतिशत (४२ लाख ४ हजार रुपैयाँ) बेरुजु रहेको छ।

तीन तहका सरकार मध्ये स्थानीय सरकारको धेरै बेरुजु देखिएको अवस्थामा पाँचवटा स्थानीय तहमा मात्रै शून्य बेरुजु देखिएको हो। ती मध्ये बागमतीमा तीन र कोशीमा दुईवटा पालिकाको बेरुजु शून्य छ।

सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाको बेरुजु २५.३५ प्रतिशत छ। पतारी गाउँपालिका नेपालकै धेरै बेरुजु भएको स्थानीय तहमा परेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP