काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्ने बताएका छन्।
सूर्यदर्शन सहकारीलगायतका सहकारीबाट गोर्खा मिडियाले लिएको रकम अपचलन अभियोगमा समितिले गृहमन्त्री लामिछानेलाई पनि बयानमा बोलाएर कारबाहीका लागि सिफारिश गर्नुपर्ने बताएका हुन्।
महामन्त्री थापाले गोर्खा मिडियामा सहकारीबाट आएको सबै रकमको पनि समितिले छानबिन गर्नुपर्ने बताए।
‘हामीले उठाएको विषय माननीय गृहमन्त्रीसँग जोडिएको छ। हामीले त सीधा नाम नै राखेर छलफल गरौँ भन्यौँ‚’ उनले भने, ‘सूर्यदर्शन लगायतका सहकारीहरु जसबाट गोर्खा मिडियामा रकम गएको छ‚त्यो एक रुपैयाँ गएको पनि गैरकानूनी हो‚त्यो गैरकानूनी रकम प्रवाह भएको बारेमा अध्ययन हुन्छ।’
गोर्खा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जीबी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् सबैलाई बोलाएर छानबिन गरी कानूनी कारबाहीका लागि सिफारिश गर्ने महामन्त्री थापाले विश्वास व्यक्त गरे।
‘समितिले सहकारीको र गोर्खा मिडियाको खाता पनि पल्टाउँछ। खाता मात्रै पल्टाउँदैन। त्यो गोर्खा मिडिया संचालन गर्ने त्यसका मालिक जिबी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस्‚’ उनले भने, ‘उसलाई पनि बोलाउँछ‚ छानबिन गर्छ‚ बयान लिन्छ। यसले अन्तिममा कानूनबमोजिम कारबाहीको सिफारिश गर्छ।’
आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सो छानबिन समितिका बसेका सबै सदस्यहरुले त्यसका लागि जिम्मेवार भएर काम गर्ने अपेक्षा समेत आफ्नो पार्टीले गरेको बताए।
महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने पक्षमा आफूहरु रहेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया