Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

संसद्‌मा दुर्घटना घटाउनेसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेश

काठमाडौँ : राष्ट्रियसभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ। सोमवार बसेको राष्ट्रियसभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेश गरेका हुन्।

उनले सवारी दुर्घटना न्यूनिकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रबन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको बताए।

सो जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावकमा सांसद शेर्पा छन् भने सांसदहरू जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी साह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा र शेखरकुमार सिंह समर्थक छन्।

गएको महिना वैशाख १ देखि ३० गतेसम्मको अवधिमा देशभर भएका १ हजार ५९४ सवारी दुर्घटनामा परी १८१ जनाको मृत्यु भएको छ भने ४८७ जना गम्भिर र २ हजार २३४ जना सामान्य घाइते भएका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार, २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

५ हजार ९४ जना गम्भिर र २१ हजार १४१ जना सामान्य घाइते भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP