Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

‘हाम्रो बलिदानीबाट आएको संविधानले बालेन, रवि र हर्कको उदय’

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले आफूहरूको बलिदानीबाट आएको संविधानका कारण रवि लामिछाने, मेयर बालेन्द्र साह र हर्क साम्पाङको उदय भएको दावी गरेका छन्।

रास्वपा अध्यक्ष रवि, काठमाडौँका मेयर बालेन्द्र र धरानका मेयर हर्कको उदय नयाँ संविधानका कारण भएको बताउँदै जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्ने कुरा सत्य नभएको दावी गरे।

मंगलवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले यस्तो तथ्यलाई अहिले हल्लाले छोपेको बताए। उनले पुराना पार्टीप्रतिको निराशाले उनीहरूको उदय भएको नभई नयाँ संविधानले उनीहरूलाई जन्माएको बताए। उनले जनताको शिर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरूलाई निर्वाचित गरेको बताए।

सुवेदीले भने, ‘कसैले के भन्छन् भने नयाँ पार्टी आए। किन नयाँ पार्टी आए रे भने जनता पुराना पार्टीसँग रिसाएर नयाँ पार्टी आयो रे तर मलाई त्यस्तो लाग्दैन। हामी समस्या आइसकेपछि समाधान खोज्नेतिर जानुपर्छ। तथ्यलाई अहिले हल्लाले छोपेको छ। तथ्यले के भन्छ भने बालेन आए, हर्क आए, रविहरू आए तर उनीहरूले भोट पाए, चुनाव जिते पुराना पार्टीहरूसँगको निराशाले होइन। बालेन, हर्क र रविहरू नयाँ संविधानले जन्माएका हुन्। यदि यो संविधान हाम्रो ठूलो बलिदानबाट आउँदैनथ्यो भने रवि, बालेन र हर्कहरूको यहाँ उपस्थिति देखिँदैनथ्यो।’

उनले गणतन्त्रले जनताको शिर उठाएको दावी गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP