काठमाडौं : लागूऔषध सहित चार जना पक्राउ परेका छन्।
सुर्खेत, विरेन्द्रनगर नगरपालिका-१० बुलबुले नजिक होटेलबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ४० मिलिग्राम र नगद ४३ हजार ५ सय रूपैयाँ सहित जुम्ला हिमा गाउँपालिका-३ बस्ने २३ वर्षीय प्रकाश नाथ योगीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ९२ मिलिग्राम सहित सोही नगरपालिका-८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३२८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
साथै सोधपुछको क्रममा भक्तपुर सुर्यविनायक नगरपालिका-३ बस्ने २८ वर्षीय सन्दिप थापा र २४ वर्षीया जोशिका श्रेष्ठ थापाको समेत संलग्नता रहेको खुल्न आए पश्चात दुवै जनालाई भद्रपुर नगरपालिका-८ हस्पिटल मोडबाट प्रहरीले पक्राउ गरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया