काठमाडौं । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको निर्णयको राष्ट्रिय जनमोर्चाले स्वागत गरेको छ । आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयकमा नेपाली नागरिक पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्थामा बहुमतबाट सहमति जुटाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै जनमोर्चाले यो प्रस्ताव अब संसदबाट पनि पारित हुनुपर्नेमा जोड दिएको छ। उक्त विषयमा नेपाली कांग्रेस, जसपा, नेपाल मजदुर किसान पार्टी र नेकपाकै मधेसबाट प्रतिनिधित्व गर्ने केही सांसदले विरोध जनाइरहेका बेला राष्ट्रिय जनमोर्चाले भने स्वागत गरेको हो ।
७ वर्षपछि पनि विदेशी महिलाले आफ्नो पहिलेको देशको नागरिकता हटाउन प्रक्रिया सुरु गर्नेवित्तिकै नागरिकता दिन नहुने भन्दै त्यागिसकेपछि मात्र दिनुपर्ने राष्ट्रिय जनमोर्चाले बताएको छ । नागरिकता नीति खुकुलो पार्नु देशको राष्ट्रियता र सार्वभौमिकताविरुद्ध हुने पनि जनमोर्चाको ठहर छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया