Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

विधेयक खारेज नहुदाँ सम्मा प्रदर्शन गरिरहने – नेता अकरम पठान

प्रिन्स मिश्रा

कपिलवस्तु

जनता समाजवादी पार्टी कृष्णनगर कमिटिले सरकारले ल्याउन लागेको बैवाहिक अङ्गीकृत नागरिता विधेयक विरुद्ध प्रदर्शन गरेको छ । कमिटिले सरकारले मधेशी समुदायलाई लक्षित गरी बर्षौ देखि रहि आएको भारत संगको रोटी वेटीको सम्बन्धलाई सक्काउन यस्तो विधेयक ल्याउन लागेको भन्दै विधेयक विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।

जनता समाजवादी पार्टी कृष्णनगर कमिटीको आयोजनामा भएको विरोध कार्यक्रममा संघीय परिषद् सदस्य अकरम पठानले सरकारले ल्याएको विधेयकले अन्य मुलुकमा विवाह गरी नेपालमा बुहारी बनाउदा नागरिकताका लागी ७ बर्ष कुर्नु पर्ने बाध्यकारी विधेयक ल्याउन लागेकोले सो विधेयकको विरुद्ध जनता समाजवादी पार्टी निरन्तर प्रदर्शन गर्ने बताए ।

सरकारले ल्याउन लागेको विधेयकले मधेशी समुदायलाई पछाडी पार्न खोजिएकोले सो विधेयक खारेज नहुदाँ सम्म आन्दोलन गरिरहने पठानले बताए एउटा समुदायको परम्परा देखि चलिआएको संस्कारलाई कुल्चाउन सरकारले बैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न ७ बर्ष कुर्नु पर्ने विधेयक ल्याउने तयारीमा रहेकोले सो विधेयक विरुद्ध अझै शशक्त आन्दोलन गर्ने बताए ।

युवा नेता नबाब शाहले सरकारले पटक पटक मधेशी थारु जनजाती माथि अन्याय गर्दै आएकोले अब सहेर नबस्ने बताए । तसर्थ सरकारले ल्याउन लागेको विधेयक तत्काल खारेज गर्नुपर्ने शाहले माग गर्नुभयो ।

जनता समाजवादी पार्टिका जिल्ला उपाध्यक्ष रामनिवास पूरीले विधेयक आफ्नो पार्टिलाई कदापी स्वीकार्य नहुने र सरकारले जर्वजस्ती यो विधेयक ल्याए देशमा ठूलो आन्दोलन हुने बताए र विधेयक सच्चाउनु सत्ता पक्षसगँ माग गर्नु भयो । नेकपा सरकारले आफु अनुकुल नागरिकको विषयमा निर्णय गर्नु रोटी वेटी विचको सम्बन्धलाई तोडने कार्य भएको बताउनु भयो ।

उक्त कार्यक्रममा गोपाल प्यारे चंदेल , रहिस शाह , शिवपूजन यादव बृजेश कुमार गुप्ता , जीवन श्रीवास्तव , जगदीश, बजरंगी गुप्ता , ममता गुप्ता , आरती सिंह यादव , राम सेवक यादव , सलमान खान लगायत जनता समाजवादी पाटीका नेता तथा कार्यकर्ताहको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP