काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन्।
झापा, मेचीनगर नगरपालिका-६ बाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २५ वर्षीया सरू राई र २० वर्षीया सुजता राई रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, गौरीगंज गाउँपालिका-३ दन्तकाली चोकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ३० मिलिग्राम सहित कमल गाउँपालिका-६ खैरबारी बस्ने २९ वर्षीय हरि चन्द्र कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौरीगंज समेतबाट खटिएको प्रहरीले मे.५ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ, विराटनगर महानगरपालिका-१६ बैंक रोडबाट नियन्त्रित लागुऔषध लुपिजेसिक १२ एम्पुल, फेनारगन १२ एम्पुल र डाईजेपाम १२ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-५ बस्ने २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझी रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका-४ रामकृष्ण टोल बस्ने २९ वर्षीय हरी नेपालीलाई लागुऔषध गाँजा २ किलो ६ सय ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ। सिआरभि चिप्लेढुङ्गाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
भोजपुर, भोजपुर नगरपालिका-१२ कोटडाँडा बस्ने २२ वर्षीय संजिव श्रेष्ठलाई नियन्त्रित लागुऔषध ट्रामाडोल १ सय ८२ ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने ३८ वर्षीय बिजय कालुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२-००१ ज ०६९२ नम्बरको ईभि गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
नवलपरासी पश्चिम, सरावल गाउँपालिका-६ कुर्थावलस्थित सडकबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ५ हजार २० ट्याब्लेट सहित पाल्हीनन्दन गाउँपालिका-१ रामपुरवा बस्ने २७ वर्षीय हृदेश चमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एएच ८८७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
बर्दिया, बारबर्दिया नगरपालिका-६ कोठारपुरस्थित सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बानियाभार र इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया