Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लामालाई बानियाँको आग्रह : छिटो मार्गप्रशस्त गर्नूस्

 

काठमाडौँ : नेपाली कांग्रेस बागमतीप्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

हालै संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।

‘उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ’, उनले भने। बानियाँले आफू र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको दाबी गरे।

बुधबार सम्पन्न मतदानमा मुख्यमन्त्री लामालाई पराजित गर्दै बानियाँ संसदीय दलको नेता निर्वाचित भएका थिए। कुल ३७ जना सांसदमध्ये बानियाँले २२ र लामाले १४ मत पाए।

लामाले आफू संविधानको धारा १६८ (२) अनुसार नियुक्त भएको बताउँदै दलको नेता नभए पनि मुख्यमन्त्री पदमा रहन पाउने दाबी गरेका छन्। साथै संविधानमा दुई वर्षसम्म विश्वासको मतविरुद्ध प्रस्ताव ल्याउन नपाइने व्यवस्था रहेको भन्दै पद नछोड्ने अडान लिएका छन्।​

बानियाँले भने लोकतान्त्रिक अभ्यासअनुसार लामाले राजीनामा दिनुपर्ने धारणा राख्दै आएका छन्। उनले दलको निर्णयानुसार आफू काँग्रेसको आधिकारिक नेता भइसकेको भन्दै लामाले पद नछोडे बिदाइ गर्ने बताएका छन्।​  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP