Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पौने दश किलो गाँजासहित पक्राउ

 

रौतहट : रौतहटको चन्द्रनिगाहपुर–४ धनसारस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आइतबार दिउँसो प्रहरीले गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी सहायक निरीक्षक टीकामाया सिवाकोटीको कमाण्डमा रहेको टोलीले दिउँसो करिब सवा १ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८० प ९८९३ नम्बरको मोटरसाइकललाई रोकी जाँचेको थियो।

जाँचका क्रममा मोटरसाइकलका पछाडिको जेब्रा झोलामा लुकाएर ल्याइँदै गरेको करिब ९ किलो ७५० ग्राम गाँजा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रुपा लाबुङले जानकारी दिइन्। बरामद गाँजा प्लास्टिकका दुई पोका भित्र राखिएको थियो।

मोटरसाइकल चालक बारा जिल्ला, निजगढ नगरपालिका–१२ का ३४ वर्षीय दीपक थिङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको डीएसपी लाबुङले बताइन्।

बरामद गाँजा र पक्राउ परेका थिङलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको प्रहरीले जनाएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP