काठमाडौं : मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत पक्राउ परेका छन्।
एनसिबी अवुधाबीसँगको समन्वयमा संयुक्त अरब इमिरेट्स (युएई)मा पक्राउ परेका उनलाई सोमबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
यसैबीच, प्रतिबन्धित लागूऔषधसहित देशका विभिन्न स्थानबाट नौ जना पक्राउ परेका छन्। उनीहरू काठमाडौंको तारकेश्वर,डडेलधुराको अमरगढी, बर्दियाको बढैयाताल गाउँपालिका, सोही पालिकाको साघुनघारी र गुलरिया नगरपालिका–६ शान्तिटोलबाट पक्राउ गरिएको हो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया