Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

प्रधानमन्त्ती ओली नगएपछि स्थायी कमिटी बैठक २ दिनको लागि स्थगित

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक दुई दिनकाे लागि स्थगित भएको छ ।

बिहीबार बालुवाटारमा दुई पटक बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक शनिबारसम्मकाे लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग्ने शङ्कापछि प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको नेताहरुले बताएका छन् । 

‘उहाँ निकै आलोचित भइसक्नुभएको छ, त्यसैले स्थायी कमिटीको बैठकमा आउन पनि डराउनुभयो, दुई पटककै बैठकमा आउनुभएन’, एक स्थायी कमिटी सदस्यले उज्यालो अनलाइनसँग भने । 

बिहान ११ बजे सुरु भएको बैठकमा उपस्थित नभइ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानुभएको थियो भने मन्त्रिपरिषद्को बैठक पनि सम्पन्न गर्नुभएको थियो ।

बिहीबार बिहान नै पार्टीका अर्का अध्यक्ष प्रचण्डले चलाएको बैठक केहीबेरको लागि स्थगित भएको थियो, प्रचण्डले पनि राष्ट्रपतिलाई भेटेपछि ३ बजे फेरि सुरु भएको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित हुनुभएन । बैठकमा प्रचण्डले मात्रै धारणा राख्नुभएको थियो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP