Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

प्रधानमन्त्रीले अब चाल्ने कदमलाई लिएर प्रतिपक्ष सशंकित, सत्तापक्ष अन्यौलमा

संसद भङ्ग र मध्यावधी निर्वाचन ओलीका लागि असम्भव रहेको विज्ञको टिप्पणी

काठमाडौं । पार्टीको आन्तरिक कलह र सरकारका असफलताले सिर्जित परिस्थितिबाट बढेको जनविरोधलाई रोकेर आफु अनुकुल वातावरण बनाउन संघीय संसदको चालु अधिवेशन एकाएक स्थगित गरेपछि प्रधानमन्त्री केपी शर्मा आलीले चाल्न सक्ने भावि कदमबारे विभिन्न कोणबाट बहस र टिकाटिप्पणी सुरु भएका छन् ।

संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई विपक्षी दलहरुले गम्भीरतापूर्वक लिएका छन् भने कानूनविद्हरुले ओलीबाट संवैधानिक ‘कू’ हुन सक्ने खतरा औल्याएका छन् ।

पार्टीलाई एकलौटी ढंगले चलाउन खोजेको र सरकार सञ्चालनमा समेत असफल भएको भन्दै नेकपाको स्थायी कमिटी बैठकमै पद त्याग्न दवाव बढिरहेको बेला प्रधानमन्त्री ओलीले आज पार्टीलाई समेत जानकारी नगराई संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफरिस गरेपछि अधिवेशन स्थगित भएको छ ।

संसद अधिवेशन अन्त्य भएपछि ओलीले आफु अनुकुलका अध्यादेशहरु जारी गर्ने र यसबाट आफ्ना विरोधी पक्षहरुलाई समाप्त पार्न सक्ने आसंका राजनीतिक बृतमा बढेको छ ।

राजनीतिक विश्लेषक तथा संविधानविद्हरुले पनि प्रधानमन्त्रीले आफु अनुकुलका अध्यादेश ल्याउनकै लागि संसदको बजेट अधिवेशन अन्त्य गरेको बताएका छन् ।

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतमले प्रधानमन्त्रीले कस्तो अध्यादेश ल्याउने हो भन्ने कुराको अनुमान अहिले नै गर्न नसकिए पनि संसदको अधिवेशन अन्त्यको उदेश्य आफु अनुकुल वातावरण सिर्जना गर्नु नै भएको दावी गर्नुभएको छ ।Audio Player00:0000:00Use Up/Down Arrow keys to increase or decrease volume.

सत्तापक्षकै नेताहरुले पनि ओलीको यो कदमको विरोध गरेका छन् । ओलीले आजै राष्ट्रपतिलाई भेटेर मन्त्रिपरिषदको बैठक राखी अधिवेशन अत्यका लागि पत्र पठाएपछि संसकित बनेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पूर्व तयारी विनै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको छ । राष्ट्रपति समक्ष अध्यक्ष दाहालले अध्यादेशको विषयमा कुरा भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई छ ।Audio Player00:0000:00Use Up/Down Arrow keys to increase or decrease volume.

पार्टीभित्रै विरोधको उच्चाइमा रहनुभएका प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गराएपछि नेकपाभित्रको यो विवादले कुन मोड लिने हो भन्ने नयाँ अनुमानहरु सुरु भएका छन् ।

आज मात्रै दुई पटक बसेको स्थायी कमिटीको बैठक पनि एकाएक शनिबार सम्मका लागि रोकिएको छ । कतिपय नेकपा नेताहरुले त ओलीलाई दुवै पद छोड भनेर दवाव दिनुको परिणामले आजको संकट बढाएको बताएका छन् । नेकपा नेता मणि थापा ।Audio Player00:0000:00Use Up/Down Arrow keys to increase or decrease volume.

यता, संविधानविद्हरुले भने संसद अधिवेशन अन्त्य गर्दैमा प्रधानमन्त्रीले संसद भङ्ग गरी मध्यावधी निर्वाचनमा जान सक्ने अवस्था नरहेको बताएका छन् ।

संसद अधिवेशनको आकस्मिक अन्त्यले नयाँ आसंका जन्माएको र ओली अहिलेको संविधानका पक्षमा नभएकाले अध्यादेश मार्फत संवैधानिक कू को बाटोमा जान सक्ने धारणा उनिहरुको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार २०४७ को संविधानमा जस्तो प्रधानमन्त्रीले सिधै संसद विघटन गर्न सक्ने अवस्था अहिले नभएपनि राष्ट्रपति मार्फत संवैधानिक कू गर्न सक्ने सम्भावना भने कायमै छ ।Audio Player00:0000:00Use Up/Down Arrow keys to increase or decrease volume.

कांग्रेस सभापति शेरबहादुर देउवाको सहमति प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरेको हल्ला चलाइए पनि कांग्रेसले विज्ञप्ति मार्फत यसको खण्डन गरेको छ ।

कांग्रेसले प्रधानमन्त्रीले अधिनायकवादी बाटो रोजे मुलुकले ठूलो क्षति भोग्नुपर्ने र लोकतन्त्र खतरामा पर्ने बताएको छ । सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक रहेको कांग्रेसको भनाई छ ।

कोरोना भाइरसको महामारीका बेला त्यसप्रति उच्च गम्भीरता साथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो । तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको कांग्रेसको ठहर छ । कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँण ।Audio Player00:0000:00Use Up/Down Arrow keys to increase or decrease volume.

यथार्थमा समय र राजनीति लोकतान्त्रिक भए पनि पात्र र प्रवृत्ति अधिनायकवादी हुँदा अहिलेको संकट उत्पन्न भएको हो ।
लोकतन्त्रका मूल्य मान्यता आत्मसाथ गरे मात्र लोकतन्त्रले रक्षा गर्न सक्छ । यसैले देशलाई संकटका बेला अराजकतातर्फ लैजाने मूर्खता र दुष्टता प्रधानमन्त्रीबाट भए यसले निकट भविष्यमै मुलकलाई संकटमा नपुर्याउला भन्न सकिन्न् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP