काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्वलाई गाउँगाउँ गएर संगठन विस्तार गर्न निर्देशन दिनुभएको छ । उहाँले शहरमा बसेर झडा गर्नुभन्दा जिल्ला गएर संगठन बनाए पार्टीको हित हुने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीका अवसरमा नेविसंघले शुक्रबार रत्नपार्कको शान्तिवाटिकामा आयोजना गरेको रक्तदान कार्यक्रमा सभापति देउवाले जिल्ला गएर संगठन बिस्तार गर्न निर्देशन दिनुभएको हो ।
देउवाले भन्नुभयो,‘पहिले जिल्ला जाऊ, संगठन बनाऊ । गाउँगाउँका स्कुल क्याम्पसहरुमा नेविसंघ बनाऊ । काठमाडौं बसेर विवाद नगर । पहिला संगठन बनाएर आऊ त्यसपछि मसँग झगडा गर्नू ।’
सभापति देउवा नेविसंघको नेतृत्वप्रति निकै आक्रोशित पोख्दै आफू नेविसंघको सभापति भएरै मुलुकको चारपटक प्रधानमन्त्री भएको स्मरण गराउँदै अहिलेकै अवस्थामा नेविसंघका नेता कार्यकर्ताले झगडा गरे प्रधानमन्त्री त के नेतासमेत बन्न नसक्ने बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया