Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेकपाको केन्द्रीय कमिटीबैठक बोलाउन हस्ताक्षर संकलन हुदै, भोली प्रारम्भीक भेला

काठमाडौँ । नेकपालाई विभाजनबाट जोगाउन भन्दै नेकपाका केही नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन् । उनीहरुले बैठकका लागि अनलाईन मार्फत् प्रारम्भीक छलफल गरिसकेका छन् भने प्रारम्भीक भेलाको तयारी समेत गरेका छन् ।

हिजो राती अबेरसम्म अनलाईन मार्फत् भएको बैठकमा ५३ जना सहभागी भएको पार्टीका केन्द्रीय सदस्य ठाकुर गैह्रेले जानकारी दिनुभयो ।
बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउनका लागि आवश्यक पर्ने प्रक्रिया अगाडी बढाउन भोली दिउँसो २ बजे प्रारम्भीक भेला आयोजना गर्ने निर्णय गरेको छ । उहाँले भेलापछि बैठक बोलाउन हस्ताक्षर संकलन समेत गरिने बताउनुभयो । कुल केन्द्रीय सदस्य मध्ये २५ प्रतिशतले हस्ताक्षर गरेर बैठकको माग गरेमा बैठक बोलाउनु पर्ने व्यवस्था नेकपाको विधानमा छ । नेकपामा कुल केन्द्रीय सदस्य ४४५ जना रहेकोले ११२ जनाले हस्ताक्षर गरेर बैठक बोलाउन माग गरेमा बैठक बोलाउनु पर्ने देखिन्छ ।

एकतालाई जोगाउन सक्ने सवैभन्दा प्रभावकारी उपाय नै केन्द्रीय कमिटीको बैठक भएकाले तत्काल बैठक बोलाउन आफुहरुले माग गरेको गैह्रेले बताउनुभयो । कस्ले ठिक गरेको छ र कस्ले बेठिक गरेको छ भन्ने छुट्याउने र अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई भएकाले केन्द्रीय कमिटीबाट समाधन निकाल्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनु भएका गैह्रेले केन्द्रीय कमिटीले अन्याय गर्नेलाई सजाय र अन्यायमा परेकालाई न्याय दिने दावी पनि गर्नुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा मार्फत् उहाँले विभाजनको आगोमा घिउ हाल्ने काम बन्द गर्न र केन्द्रीय कमिटीको निर्णयका आधारमा अगाडि बढ्न शिर्ष नेताहरुलाई आह्वान पनि गर्नुभयो ।

नेता गैह्रेले भन्नुभयो, “विभाजन गर्ने अधिकार कसैलाई छैन, देश, जनता र कार्यकर्ताको भावना नबुझ्ने मान्छे नेता बन्न सक्दैन, हल्ला र बहकावमा लाग्नु हुदैन ।” उहाँले नेकपाको विभाजन आफुहरुलाई स्विकार्य नहुने बताउदै एकताको नेता बनेका केपी ओलीलाई विभाजनको नेता नबन्न पनि आग्रह गर्नुभयो ।

कार्यकर्ता र जनताको मन दुखाएर अहिले अर्को पार्टी बनाउनु पर्ने कुनै तर्क, औचित्य र आवश्यकता पुष्टि हुन नसक्ने नेता गैह्रेको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP