Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

ओली – देउवा भेटबारे के भन्छन् देउवा निकट नेता ?

सत्तारुढ दल भित्र चरम विवाद भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेकोप्रति धेरैले चासो राखेका छन् । भेटमा भएको कुराकानीका बारेमा सभापति देउवाले आज बस्ने केन्द्रीय समितिको बैठकमा जानकारी दिनुहुने नेता गोपालमान श्रेष्ठले बताउनुभयो ।

सभापति देउवासहितका नेताहरुका बीचमा हिजो भएको छलफलमा समेत सहभागी हुनुभएका श्रेष्ठले ओलीसँगको भेटमा भएको कुराकानी बारे देउवाले केन्द्रीय समितिमा जानकारी दिने बताउनु भएको हो । नेकपामा विवाद भइरहेका बेला गत १७ गते राती उहाँहरुको भेटवार्ता भएपनि छलफल भने पार्टीका बारेमा नभएको देउवाले बताएको श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी फुटाउनु पर्ने अवस्था आएमा आफ्नो समर्थन हुने भनेर देउवाले ओलीलाई भनेको भन्ने हल्ला काल्पनीक भएको श्रेष्ठको दावी छ ।
उहाँले भन्नुभयो, “पार्टी सम्वन्धी कुनै कुरा भएको होइन, नेकपाको आन्तरिक विवादको विषयमा काँग्रेसको कुनै भूमिका हुदैन र हुनुहुन्न ।”
उहाँले ओली र देउवाका बीचमा संवैधानिक परिषद्को नियुक्तीको बारेमा कुरा भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफुलाई भारतले हटाउन खोजेको र त्यसमा आफ्नो पार्टीका नेताहरु पनि संलग्न भएको भनेर भन्नु नै आत्मघाती भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “ओलीजीले आफ्नो खाल्डो आफै खन्नु भएको हो, प्रधानमन्त्री जस्तो व्यक्तिले त्यस्ता कुरा गर्नुहुदैन, भन्नु हुदैन, उहाँले बोलेका धेरै कुरा हामीलाई पनि ठिक लागेको छैन ।”

नेता श्रेष्ठले एउटा पार्टी फुट्दैमा संविधान समाप्त हुन्छ भन्ने कुरा वाईघात भएको बताउदै संविधान नेकपाले समाप्त पार्न खोजेपनि काँग्रेसले जोगाउने दावी गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP