Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

ओली र प्रचण्डबीच छलफल सुरु

काठमाण्डाै – पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका दुई अध्यक्षबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको हो ।

दुई अध्यक्षबीच हिजो हुने भनिएको छलफल हुन सकेको थिएन । हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक पनि भोलिसम्मको लागि स्थगित भएको छ ।

पार्टी भित्र विवाद लम्बिंरहँदा हिजो मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र भैरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आआफ्नो कित्ता प्रष्ट पार्न निर्देशन दिनुभएको थियो ।

ओलीको यो अभिव्यक्तिपछि प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपतिलाई भेट्न शितल निवास गएका थिए । शितल निवासबाट फर्किएर प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।

स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको छ । ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने प्रचण्ड र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP