Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

ओली–प्रचण्डको छलफल सकियो, आ–आफ्नै अडानमा यथावत्

काठमाण्डाै – पार्टीभित्रकाे विवाद मिलाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् ।  

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको र नेताहरु जनार्दन शर्मा, विष्णु पौडेल, शंकर पोख्रेल र वर्षमान पुन सहभागी थिए ।

बैठकमा फुटतर्फ पुगेको नेकपाको एकता जोगाउने विषयमा कुराकानी भएको तर दुवै पक्ष आफ्ना अडानबाट पछि नहटेको एक नेताले जानकारी दिएका छन् । भोलि स्थायी कमिटीको बैठक बस्नुअघि फेरि छलफल गर्ने सहमति भएको पनि ती नेताले उज्यालोलाई जानकारी दिएका छन् ।   

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटेर जस्तोसुकै कदम चाल्न सक्ने जानकारी गराएको र मन्त्रीहरुलाई बोलाएर आफू कुन कित्ताको हो प्रष्ट पार्न भनेपछि अवस्था झनै बिग्रिएको छ ।

आज बिहान प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसहितका नेताहरुले राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले चाल्ने अप्रिय कदममा साथ नदिन र आफूहरुले राष्ट्रपतिविरुद्ध कुनै पनि योजना नबनाएको प्रष्ट पारेका छन् । स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको हो ।

ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने प्रचण्ड र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ । हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि साेमबारसम्मको लागि स्थगित भएको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP