Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

देउवाले फेरि कोट्याए सातचोटी प्रधानमन्त्री बन्ने प्रसंग, केन्द्रीय समितिमा बिफ्रिङ!

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सात पटक प्रधानमन्त्री बन्ने ज्योतिषीको भविष्यवाणीको प्रसंग फेरि कोट्याएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा देउवाले यसबारे बिफ्रिङ गरेको श्रोतले बताएको छ ।

केन्द्रीय समितिमा मन्तव्य राख्दै देउवाले हिजो चुनावका बेला आफूलाई कांग्रेसबाट अन्तिम प्रधानमन्त्री भन्ने ओलीले अहिले सत्ता सहकार्यका लागि प्रस्ताव गरेको जानकारी गराएका थिए ।

आफूसँग बालुवाटारमा भएको भेटमा ओलीले सत्ता सहकार्यबारे प्रस्ताव गरेको तर आफूले पार्टीमा सल्लाह गरेर निर्णय दिने बताएको जानकारी देउवाले बैठकलाई दिएका छन् ।

त्यसपछि पनि ओलीले आफूसँग सत्ता सहकार्यका लागि नेता सुवास नेम्वाङमार्फत प्रस्ताव पठाएको देउवाले बताएका छन् ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङ केपी ओलीको सन्देश बोकेर आइतबार बिहान देउवा निवास पुगेका थिए ।

‘नेम्वाङजीले पार्टीका नेताहरुले राष्ट्रपतिमाथि नै षड्यन्त्र हुन खोजेको छ भन्दै सहयोग माग्नु भएको थियो । मैले पनि ठट्टाको शैलीमा ओलीले गएको चुनावमा देउवा कांग्रेसबाट अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो । ज्योतिषीले ७ चोटी प्रधानमन्त्री बन्नुहुन्छ भन्नुभएको थियो । अहिले यस्तो कुरा गर्नुहुन्छ भनेँ’, सुवास नेम्वाङसँगको छलफल उदृत गर्दै देउवाले पार्टीलाई ब्रिफिङ गर्दै भनेका छन् ।

२०७४ साल कार्तिकमा धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले आफूलाई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्छस् भनेको बताएका थिए ।

सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादले ओली सरकार संकटमा परेका बेला देउवाले आफूलाई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने भनि गरेको भविष्यवाणीको प्रसंग कोट्याएका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP