Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

मेलम्चीको पानी परीक्षणकाे लागि सुरुङभित्र पठाइयो

काठमाण्डौ – मेलम्चीको पानी परीक्षणकाे लागि सुरुङभित्र पठाउन सुरु गरिएको छ । सुरुङमार्गको निर्माण सम्पन्न भएपछि परीक्षणकाे लागि आजदेखि पानी पठाइएको हो । आज बिहान ९ः ४५ बजेट अस्थायी बाँधबाट डाइभर्सन गरी सुरुङ मार्गमा पानी प्रवाह सुरु गरिएको हो । 

दुई दशक लामो प्रतिक्षालाई समाप्त पार्दै सुरुङ मार्ग परीक्षण थालनीसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको आयोजना प्रमुख तिरेश खत्रीले बताउनुभयो । 

परीक्षणकाे लागि सुरुमा प्रतिसेकेण्ड २६० लिटरका दरले पानी प्रवाह गरिएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पानी प्रवाहको प्राविधिक व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले २६ किलोमिटरको सुरुङ भर्न २० दिनसम्म समय लाग्ने बताउनुभयो ।

पूर्णरुपमा भरिएको सुरुङ १० दिनसम्म यथास्थितिमा राखिने छ । पानी भरिएकै दरमा खाली गर्न पुनः २० दिनको समय लाग्ने पनि उहाँले बताउनुभयो । सुरुङ खाली भएपछि सुरुङको अवस्थाको परीक्षण गर्न सात दिन लाग्ने छ । 

त्यसमा कुनै समस्या देखिएमा सात दिनभित्र काम सम्पन्न गरिने उहाँले बताउनुभयो । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले परीक्षणसँगै मेलम्ची आयोजनाकाे विषयमा उठ्ने गरेका सम्पूर्ण प्रश्नहरुको उत्तर मिलेको बताउनुभयो । 

मेलम्ची आयोजना निर्माणकाे क्रममा प्राकृतिक, सामाजिक र राजनीतिक रुपमा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयोजनाको काम सम्पन्न गरेर आजबाट पथान्तरणको काम सुरु भयो । आवश्यक टेस्टिङ प्रक्रिया सकेर उद्घाटनको मिति तय गर्ने छौँ । मिति तय गरेर छिट्टै घर घरमा पानी पुर्‍याउने छौँ ।’

निर्माण कम्पनीसँग गरिएको सम्झौताको म्याद पुस मसान्तसम्म रहेको छ । निर्माण काम निर्धारित समयभन्दा पहिले नै सकिने विश्वास लिइएको छ । अम्बाथानको अडिट टनेलको ढोका बन्द गरेर सोमबार सुरुङमार्गतर्फ पानी पठाइँदैछ । सुरुङको गेट तथा सञ्चालन प्रविधि जडान सम्पन्न गरेपछि पानी पठाएर परीक्षण थालिएको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP