Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेकपामा बैठक माग गर्दै हस्ताक्षर संकलन सुरु

काठमाडौं । पार्टी नेतृत्वलाई एकताका लागि मिल्न देशभरी नेता कार्यकर्ताले दवाव अभियान सुरु गरिरहेका बेला हस्ताक्षर अभियान पनि सुरु भएको छ । नेकपाको आन्तरिक विवाद समाधान गर्न नेतृत्व असफल हुँदै गएको भन्दै केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ ।

उच्चतहका कमिटी असफल भएको भन्दै नेताहरुले केन्द्रीय कमिटी बोलाउन हस्ताइार अभियान संकलन गरेका छन् । हस्ताक्षर संकलन गर्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका नेताहरु रहेका छन् ।

सदस्यहरू डा विजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायतले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

नेतृत्व असफल हुँदै गएको भन्दै उनीहरूले विधिसम्मत ढंगले छलफल गरेर केन्द्रीय कमिटी बैठकले नै एकता जोगाउने दाबी गरेका छन् । ।

अहिलेसम्म करिब ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरिसकेको केन्द्रीय सदस्य गैरेले जानकारी दिनुभयो । गैरेका अनुसार बहुमत सदस्यहरुको हस्ताक्षार संकलन भएपछि नेतृत्वलाई बुझाईनेछ ।

केन्द्रीय कमिटी बैठक ६ महिनाको अन्तरमा बस्ने वैधानिक व्यवस्था छ । पार्टी एकता भएयताको दुईबर्षमा जम्मा एकपटक मात्रै बैठक बसेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP