Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेकपाको विवादमा चिनियाँ चलखेलप्रति धेरैको आशंका

काठमाडौँ । नेकपाका मध्यमार्गि नेताहरुले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सहमति खोज्नुको साटो शीर्ष नेताहरुले छिमेकी मुलुकका राजदूतसँग चलखेल बढाएको भन्दै आपत्ति जनाएका छन् । शीर्ष तहमा चलिरहेको विवादले पार्टीनै विभाजनको संघारमा पुग्न लागेको अवस्थामा पार्टीकै शीर्ष तहका नेताहरुले प्रभावशाली मुलुकका राजदूतसँग भेटघाट गर्नु अनुपयुक्त भएको उनिहरुको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको चलखेलमा आफुलाई हटाउन लागेको बताएपछि संस्थापनइतर पक्षले गलत बोलेको भन्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाटै राजीनामा दिन दवाव सिर्जना गरेपछि चर्किएको नेकपाको विवादमा चीनले चासो देखाएको छ । यसअघिको नेकपा विवाद पनि चिनियाँ राजदूतको चहलपहल पछि साम्य भएको थियो ।

पार्टीमा दुई पक्षबिच विवाद चर्किएको समयमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि मध्यमार्गि नेताहरुले प्रश्न उठाएका हुन् । यान्छीले बिहीबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र शुक्रबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गर्नुभएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि चिनियाँ सहयोगका विषयमा छलफल गर्न भेट भएको बताइएपनि राजनीतिक परामर्शमै भेटवार्ता केन्द्रीत रहेको नेताहरुले बताएका छन् । राजदूत यान्छीले अध्यक्ष प्रचण्डलाई भेटे लगत्तै कोटेश्वर पुगेर नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमारसँग भेट गर्नुभएको थियो ।

त्यस यता नेकपा स्थायी कमिटीको बैठक र दुई अध्यक्षबिचको छलफल पनि प्रभावित हुँदै आएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरागर्दै नेकपा नेता टोपबहादुर रायमाझिले पार्टी एकिकरणनै प्रभावित हुने गरी पार्टीभित्र विवाद चलिरहेका बेला चीनका राजदूतको भेटघाटले थप शंका उब्जाउन सक्ने बताउनुभयो । उहाँ राजदूत यान्छीको भेटघाट सामान्य विषयमा भएपनि यसले पार्टी नफुटाउन चीनको दवाव भन्ने सन्देश दिने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP