Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

एकता जोगाउन भन्दै नेकपा कार्यालय धुम्बाराहिमा आज भेला र धर्ना हुने

काठमाडौँ । पार्टीको एकता जोगाउन भन्दै नेकपाका केन्द्रीय नेताहरुले आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना तथा भेलाको आयोजना गरेका छन् । दिउसो २ बजेदेखि ३ बजेसम्म पार्टी एकता जोगाउन दवाव दिने उद्धेश्यले धर्ना दिने कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य ठाकुर गैह्रेले जानकारी दिनुभयो ।

धर्नापछि केन्द्रीय सदस्यहरुको भेला समेत आयोजना गरिएको उहाँले बताउनु भयो । भेलामा एकता जोगाउनका लागि के के गर्न सकिन्छ भन्ने बारेमा छलफल हुने उहाँको भनाई छ । विवाद अन्त्य गरी पार्टीलाई निकास दिनका लागि केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्ने कार्यलाई पनि भेला मार्फत् अगाडि बढाइने भएको छ ।

हस्क्षाक्षर संकलन हिजोदेखि नै भइरहेको र त्यसका बाँकी प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने बारेमा भेलाबाट निर्णय लिइने गैह्रेले जानकारी दिनुभयो । कुल केन्द्रीय सदस्य मध्ये २५ प्रतिशतले हस्ताक्षर गरेर बैठकको माग गरेमा बैठक बोलाउनु पर्ने व्यवस्था नेकपाको विधानमा छ ।

नेकपामा कुल केन्द्रीय सदस्य ४४५ जना रहेकोले ११२ जनाले हस्ताक्षर गरेर बैठक बोलाउन माग गरेमा बैठक बोलाउनु पर्ने देखिन्छ ।
एकतालाई जोगाउन सक्ने सवैभन्दा प्रभावकारी उपाय नै केन्द्रीय कमिटीको बैठक भएकाले तत्काल बैठक बोलाउन आफुहरुले माग गरेको गैह्रेले बताउनुभयो ।

अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनु भएका गैह्रेले केन्द्रीय कमिटीले अन्याय गर्नेलाई सजाय र अन्यायमा परेकालाई न्याय दिने दावी पनि गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP