Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

खाेटाङ : दुई वर्षमुनिका शिशुलाई प्रोत्साहन भत्ता

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दुई वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता वितरण सुरु गरेको छ । 

शिशु पोषण प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले आइतबारदेखि दुई वर्षमुनिका बालबालिकालाई गएको साउनदेखि यो असारसम्मको एकमुस्ट प्रोत्साहन भत्ता वितरण सुरु गरेको हो । 

प्रोत्साहन भत्ता वितरणको तयारीका क्रममा लकडाउन भएपछि आर्थिक वर्षको अन्तिममा मासिक एक हजारका दरले शिशु प्रोत्साहन भत्ता वितरण सुरु गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । 

आइतबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रेडाँडागाउँका ७९ शिशुलाई मासिक एक हजारका दरले आर्थिक वर्ष २०७६/०७७ भित्रको प्रोत्साहन भत्ता वितरण गरिएको छ । क्रमशः अन्य सात वटै वडाका शिशुलाई प्रोत्साहन भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

नियमित स्वास्थ्य जाँच गराएको उल्लेख गरेर स्वास्थ्य संस्थाले उपलब्ध गराएको प्रमाणकाे आधारमा गाउँपालिकाले २०७५ साल वैशाख १३ गतेदेखि प्रतिबच्चा मासिक एक हजारका दरले प्रोत्साहन भत्ता वितरण गर्दै आएको छ । 

यसैबीच, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएका महिलालाई झुल वितरण सुरु गरेको छ । गर्मीयाम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट सुत्केरी र नवजात शिशुलाई बचाउनका लागि झुल वितरण सुरु गरिएको हो । गाउँपालिकाका सात वडाका ९८ सुत्केरीलाई झुल वितरण गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP