Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

ओली र प्रचण्डबीच भेटवार्ता चल्दै

पार्टीभित्रको विवाद मिलाउन नेकपाका दुई अध्यक्षबीच आज पनि एक्लाएक्लै भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको हो । 
पछिल्लोपटक बढेको विवाद मिलाउन पहिले दुई अध्यक्षबीच मात्रै छलफल गर्ने र आवश्यक परेमा मात्र अरु नेताहरुलाई सहभागी गराउने सहमति भएको छ । दुई अध्यक्षबीचको भेट सकारात्मक बन्दै गएको नेताहरुको भनाई छ । पार्टीको स्थायी कमिटी बैठक र सामूहिक छलफल स्थगित गरेर नेकपाका दुई अध्यक्षले एक्लाएक्लै भेटको रणनीति अपनाएका हुन् । 
हिजो पनि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच भेट भएको थियो । दुई अध्यक्षबीच सहमति जुट्यो भने त्यसैका आधारमा अन्य नेतासँग छलफल गर्ने ओली–प्रचण्डको तयारी छ । सहमति खोज्न भन्दै स्थायी कमिटी बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP