Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

समाजवादी पार्टीले सरिता गिरीको ठाउँमा लीला सिटौला ल्याउने

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेपछि उनको ठाउँमा लीला सिटौलालाई ल्याउने तयारी गरेको छ । समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी गिरीकाे पदमा उनलाई ल्याउन लागिएकाे हाे ।

समानुपातिक सांसद पदमुक्त भएपश्चात् बन्द सूचीमा रहेको रोलक्रमका आधारमा नियुक्त गर्न पाउने कानुनी व्यवस्था छ । अब गिरीकाे सांसद पद समाप्तिसँगै बन्दसूचीमा उनीभन्दा मुनि रहेकी लीला सिटौला स्वतः सांसद बन्न बाटाे खुल्नेछ ।

सांसद गिरीले जेठ २७ गते लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधन मतदानमा पार्टीले जारी गरेको ह्वीप उल्लंघन गरेकी थिइन् ।

पार्टीको ह्विप समेत उल्लंघन गरेपछि भने सो विषयमा छानबिन गर्न समाजवादीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा २ सदस्य सहितको कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।

यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेपछि कारवाही भएको हो । उनीमाथि कारवाही भएसँगै उनको ठाउँमा सांसदका लागि सिटौलालाई ल्याउन लागिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP