काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले आर्थिक राष्ट्रियतामा ध्यान नपुर्याएका कारणा आगामी मौद्रिक नीतिको लक्ष्य किटान हुन नसकेको बताउनुभएको छ । अर्थ समितिले गरेको छलफलमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका भट्टराईले खुला सीमा र स्थिर विनिमयदरले भारतको प्रत्यक्ष प्रभाव परेको भन्दै आंशिक स्वायतताप्रति ध्यान दिन सुझाव दिनुभएको छ ।
उहाँले रेमिट्यान्सबाट प्राप्त पैसा घर जग्गा र उपभोगमा गएको भन्दै उत्पादन र रोजगारी सिर्जनाको क्षेत्रमा लैजाने व्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गर्नुभयो । अर्थतन्त्रको संरचनात्मक समस्या रहेको र त्यसमा सुधार आवश्यक रहेको भन्दै उहाँले श्रम निर्यात र वस्तु आयात पनि उपभोगमा केन्द्रित रहेको बताउनुभयो ।
निर्वाहमुखी अर्थतन्त्र भएकाले औद्योगिक अर्थतन्त्रमा लैजानुपर्ने र नेपालको वित्तीय क्षेत्रमा पूर्वाधार बैंक जस्तै ४—५ वटा विशिष्टिकृत बैंक चाहिएको भट्टराईको भनाई छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया