धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा एक बाबुले आफ्ना १४ र १६ वर्षीया दुई छोरीलाई बलात्कार गरेको आरोप लागेपछि बाबु फरार भएको खबर प्राप्त भएको छ ।
दुई किशोरीले इलाका प्रहरी कार्यालय सुखडमामा शनिबार बिहानै मुद्दा दर्ता गर्न खोजेपनि नाबालक भएको भन्दै मुद्दा दर्ता भएन । पिडित किशारीहरुले शनिबार बिहानै मुद्दा दर्ता गर्न खोजेका थिए । नाबालक भएको र संरक्षण कोही नभएका कारण अहिले मुद्दा दर्ता नभएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जनाएकाछन् ।
भट्टका अनुसार पिडितहरुलाई ओरेक नेपालको जिम्मा लगाएका छौँ, यसैमार्फत मुद्दा अगाडि बढ्छ ।’ पीडित बालिकाको आमा केही वर्षदेखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले बताएको छ । ओरेक नेपालकी जिल्ला संयोजक बिनु चौधरीले बताइन् । उनीहरुको स्वास्थ्य परीक्षण गरेर आइतबार मुद्दा दर्ता गर्ने उनले बताएकीछन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया