जनकपुरधाम । सर्लाहीमा बाख्रा चराउन गएका दुई बालिका पोखरीमा मृत भेटिएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिकामा उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।
ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत फेला परेका हुन् ।
उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी गर्ने क्रममा स्थानीय प्रकाश महतोले खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।
दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान सुरु गरेको प्रवक्ता कुँवरले बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया