दाङमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारले उनिहरुलाई ठक्कर दिएको हो ।
बा२० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका ठक्कर दिँदा ५० वर्षीय राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरी घाइते भएका थिए । घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
राजकुमारको बाँकेको कोहलपुरमा र बालक निसानको रुपन्देहीको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । सोही घटनामा घाइते राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षीया सृष्टि गुरूङ, २२ वर्षीया गौरी चौधरी र २ वर्षीया लक्ष्मी चौधरी घाइते भएका छन् । उनीहरुको बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया