Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेकपा स्थायी कमिटि बारे दुई अध्यक्षबीच अहिले छलफल, प्रचण्ड–नेपाल विहानै भेटवार्ता

काठमाडौं । पटक पटक स्थगित हुदै आएको नेकपा स्थायी कमिटिको बैठक आजका लागि पनि बोलाइएको छ । तर बैठक सुचारु हुने वा नहुने भन्ने बारेमा भने अहिलेसम्म पनि अन्यौलता नै रहेको नेताहरुले बताएका छन् ।

बैठकलाई कसरी अगाडी बढाउने भन्ने बारेमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच अहिले केहीबेरमा छलफल हुन लागेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको बैठकमा स्थायी कमिटि बैठकपटक पटक स्थगित गर्दा नराम्रो सन्देश गएकाले अगाडी बढाउने की टुङ्ग्याउने भन्ने बारेमा छलफल हुन लागेको जनाइएको छ ।

ओली र प्रचण्डका बीचमा छलफल हुनुअघि प्रचण्ड निवास खुमलटारमा बरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्डका बीचमा छलफल भएको छ ।

उहाँहरुले प्रचण्डले ओलीसँग गर्ने छलफल र स्थायी समितिलाई के गर्ने भन्ने बारेमा छलफल गर्नु भएको जनाइएको छ । प्रचण्ड नेपाल समूहको दवावमा बोलाइएको बैठकलाई उनीहरुले तत्काल अन्त्य गर्ने पक्षमा छैनन भने प्रधानमन्त्री ओली बैठकलाई अन्त्य गर्ने पक्षमा रहनु भएको छ ।

प्रधानमन्त्री ओलीले पटक पटक बैठकमा सहभागीता नजनाएपछि बैठक अर्थहिन हुदै आएको छ ।एक महिनाभन्दा अगाडी शुरु भएको बैठक अहिलेसम्म नौ पटक स्थगित भइसकेको छ । शिर्ष नेताहरुको टकरावका कारण स्थायी कमिटि बैठक अन्यौलमा परेको छ भने शिर्ष नेताहरुको गुट बैठकले तिव्रता पाएको छ ।

स्थायी कमिटिको बैठक आज पनि विहान ११ बजेपछि बस्नेगरी बोलाइएको छ । शिर्ष नेताहरुका बीचमा दुरी थप बढ्दै गएकोले बैठक आज पनि बस्ने संभावना कम रहेको एक नेताले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP