Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपाका २५ प्रतिशत सदस्यले हस्ताक्षर बुझाउँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का २५ प्रतिशत केन्द्रीय सदस्यले बैठकको माग गर्दै हस्ताक्षर बुझाउने तयारी गरेका छन् । बुधबार अपरान्ह ४ बजे महासचिव विष्णु पौडेललाई भेटेर बैठकको मागसहित हस्ताक्षर बुझाउने तयारी भएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक किचलोमा परिणत भएपछि केन्द्रीय कमिटी बैठकको आवश्यकता महसुस भएको हस्ताक्षरकर्ताहरूले बताएका छन् । स्थायी कमिटीले विवाद सल्ट्याउन नसकेपछि र आफैं विभाजित भएपछि समस्या समाधानका लागि केन्द्रीय कमिटी बैठकको माग गरिएको उनीहरूले बताएका छन् ।

केन्द्रीय कमिटीका सदस्यहरूले केही दिनअघि जुम मिटिङमार्फत छलफल गरेर बैठक माग गर्ने निष्कर्षमा पुगेका थिए । उपत्यकाबाहिर रहेका केन्द्रीय सदस्यहरूसँग इमेलमार्फत हस्ताक्षर मगाएका थिए । नेकपाको विधानको धारा ५९ (४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक १५ दिनभित्र बोलाउनुपर्नेछ ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटमा बैठक बोलाउन १ सय १० जना सदस्यको हस्ताक्षर आवश्यक पर्छ । त्यति हस्ताक्षर जुटिसकेको केन्द्रीय सदस्य गैरेले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP