काठमाडौं । पार्टी विभागमा भइरहेका मनोनयनलगायतका असहमतिका ५ वटा विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ध्यानआकर्षण गराएको छ ।
पार्टीको केन्द्रीय महाधिवेशनसहित तल्ला तहका अधिवेशनहरुको तिथि घोषणा भईसकेपछि विभागमा संयोजक तोक्ने, सदस्यहरु मनोनयन गर्ने र पार्टीका अन्य निकाय समेत गठन गर्ने काम भइरहेको भन्दै पौडेल पक्षले आपत्ति जनाउँदै आएको थियो । सभापतिबाट सकारात्मक जवाफ नपाएपछि पौडेल पक्षले पत्रकार सम्मेलन मार्फत अहिले केहिबेरमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले सभापति देउवालाई आज बुझाएको लिखित पत्रमा पार्टी विभागमा गठन र मनोनयन रोक्न, क्रियाशील सदस्यता वितरणमा पारदर्शी बनाउन, अर्को पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरुलाई पद विभाजन गर्दा केन्द्रीय कार्यसमितिबाट मात्रै निर्णय लिन, विदेशस्थित जनसम्पर्क समितिका विवादहरुलाई निष्पक्ष रुपमा हल गनुपर्ने लगायतका विषय रहेका छन् ।
दुई पक्षबाट करिब एक घन्टा कुराकानी भएको थियो । सभापति देउवालाई लिखित पत्र बुझाउन जाने क्रममा पौडेल पक्षबाट केन्द्रीय सदस्यहरु रामशरण महत, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, सरिता प्रसाईं र जीवन परियार सहभागी रहेका थिए । देउवा पक्षबाट पनि नेताहरु सहभागी रहेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया