Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

काँग्रेसका ९ भ्रातृ सङ्घको म्याद ६ महिना थप


काठमाडौँ । नेपाली काँग्रेसले पदावधि सकिएका पार्टीका बिभिन्न ९ वटा भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थपेको छ ।

काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद सकिएका मितिबाट छ महिनाका लागि भ्रातृ सङ्घहरुको म्याद हिजो थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सीआईएनसँग बताउनुभयो ।

काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो ।

महाधिवेशन नजिकिँदै गर्दा काँग्रेसमा गुटगत राजनीति चलिरहेको बेलामा सभापति देउवाले एकलौटी रूपमा सङ्घहरूको म्याद थप्नुभएको छ । नेता रामचन्द्र पौडेल पक्षले भने आफूहरूसँग छलफल नगरी जथाभावी निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP