Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेकपाका शीर्ष नेताहरुको घोषणाः पार्टी विभाजनको अन्तिम चरणमा पुगिसक्यो

काठमाडौँ – फुटको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई समूहले एकले अर्कालाई विभाजनकारीको आरोप लगाउन थालेका छन्। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टीले एकताको घोषणा गर्दै चुनावमा गएर झण्डै दुई तिहाई बहुमतका साथ सरकारको नेतृत्व गरिरहे पनि छोटो समयमै यो पार्टी विभाजनको डिलबाट गुज्रिरहनुपरेको छ।

पार्टी विभाजनको दुर्घटना नजिक पुगेपछि एकले अर्काे पक्षलाई विभाजनका लागि दोषारोपण सुरु भएको छ । नेकपाका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण पार्टी विसर्जनतर्फ गइरहेको आरोप लगाउनुभयो। बैठकमा आउन नमान्ने र बैठकले गरेका निर्णय मान्दिन भन्ने ओलीको ढिपीले पार्टीलाई बिसजर्नको दिशामा लगेको रावलको दाबी छ।

प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिएर पार्टीको विवादलाई निकास दिनुपर्ने माग उठेपछि सुरु भएको विवादको समाधानको सुत्र फेला नपर्दा नेकपा विभाजन नजिक पुगेको हो । विभाजन हुन नदिन जोडबल गरिरहेको बताइरहने शीर्ष नेताहरु नै पछिल्ला दिनयता एकले अर्काे समूहलाई विखण्डनकारीको रुपमा चित्रित गर्न उद्यत भएका हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेला बेला प्रधानमन्त्री ओलीका कारण पार्टी विभाजनको खतरा बढेको बताउँदै आउनुभएको छ । पार्टी बैठक चल्दा चल्दै अध्यक्ष ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेको विषयले नै नेकपा फुटको दिशामा रहेको पुष्टि हुने प्रचण्डको सार्वजनिक अभिव्यक्ति छ ।

गएको बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूनिकट पत्रकारहरुलाई बोलाएर पार्टी फुटको दिशामा गएको बिफ्रिङ गरेका थिए । उक्त छलफलमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीका कारण पार्टी फुट्न सक्ने अवस्थामा पुगेको भन्दै त्यसका लागि कम्युनिष्ट कार्यकर्ताहरुले तयारी हालतमा बस्नुपर्ने सन्देशसहितको बिगुल फुक्नुभएको थियो ।

प्रचण्ड लगायतका नेताहरुको पत्रकारसँगको यो छलफलपछि आज सम्पादकहरुसँगको पूर्व निर्धारित छलफल अन्तिम अवस्थामा आएर स्थगित भयो । पत्रकारपछि सम्पादकसँग समेत प्रचण्ड नेपाल समूहका नेताले छलफल आयोजना गर्न लागेको सुइको पाएपछि बालुवाटारबाट ओली समूहले प्रचण्ड–नेपालविरुछ हमला सुरु ग¥यो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले इनफ इज इनफ भन्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि आक्रोश पोख्नुभयो ।

प्रवक्ता श्रेष्ठलाई पदको लाज जोगाउन भन्दै रिमालले चेतावनीयुक्त शैलीमा पार्टी एकता विरूद्धका कुनैपनि गतिविधिमा संलग्न नहुन आग्रह गर्नुभएको छ । यी गतिविधिहरुले नेकपाको विवादले अब समाधान होइन विभाजनको रुप लिने निश्चित बनेको राजनीतिक विश्लेषकहरु बताउँछन् । तर नेकपा विवाद समाधानका लागि पहल गरिरहनुभएका नेता देबेन्द्र पौडेल भने पार्टी विभाजन नहुनेमा ढुक्क रहेको बताउनुहुन्छ । वैचारिक संघर्ष स्वभाविक भए पनि पार्टी फुट्ने कुरामा आफूलाई विश्वास नलागेको उहाँको भनाई छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको आजको हमलाअघि प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रचण्ड नेपाल समूहलाई पार्टी विभाजनका लागि जिम्मेबार रहेको आरोप लगाउनुभएकोे थियो । थापाले त झलनाथ खनाल राष्ट्रपति, माधवकुमार नेपाल प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने गरी प्रचण्ड नेपाल समूहले विभाजन रोजेको ठोकुवा समेत गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री ओली निकट नेता गोकुल बाँस्कोटाले बरु कोरोनाको औषधि पत्ता लाग्न सक्ला तर नेकपा झगडाको औषधि कम्तीमा काठमाडौँमा पत्ता नलाग्ने दाबीसहित ट्विट गर्नुभएकोे छ । बाँस्कोटाको यो भनाईले पनि अब नेकपा एकजुट भन्दा बढी फुटतर्फ गइरहेको देखाउँछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP