Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेकपा विवादः आआफ्नै रणनीतिमा शीर्ष नेता

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू अगामी रणनीति तय गर्न आन्तरिक गृहकार्यमा जुटेका हुन् । शीर्ष नेताहरू आपसमा संवाद गर्न छोडेर आआफ्नो रणनीति बनाउन लागेपछि कार्यकर्ता तहमा आक्रोश र निराशा सिर्जना भएको छ ।

‘अहिले एकले अर्को पक्षको आगामी कदम के हुने भन्ने कुरा चासोका साथ हेरिरहेका छन्,’ स्रोतले भन्यो, ‘एउटा पक्षले कुनै कदम चालेमा अर्को पक्षले पनि सोहीअनुसार अगाडि बढ्ने रणनीति बनाउनमा नै उनीहरू व्यस्त छन् ।’

नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी गम्भीर संकटमा परेको र फुट नजिक पुगेको खुलासा गरेसँगै शीर्ष नेताहरूले पार्टी एकताबारे चासो र चिन्ता व्यक्त गरेका छन् । कतिपय नेताले आफू आबद्ध समूहको प्रतिरक्षा गर्दै अर्को समूहको आलोचना गर्नमै सामाजिक सञ्जालमा शब्दहरू खर्चिरहेका छन् ।

‘एकताका बेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं † व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं ††’ सोमबार नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले ट्वीटरमा लेखेका छन् ।

पूर्वएमालेका नेपाल र खनाललाई साथमा लिएर दाहालले ओलीमाथि दबाब बढाएको आरोपसमेत समय समयमा लाग्दै आएको छ । नेकपा स्थायी कमिटीका सदस्य डा। भीम रावलले नेताहरूले विधि, पद्धति र प्रक्रियाअनुसार अघि नबढेको र पार्टी निर्णय कार्यान्वयन नगरेकाले समस्या उपत्पन्न भएको बताए ।

‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्,’ रावलले भने, ‘समस्या समाधान गर्न स्थायी कमिटीको बैठक तुरुन्त बोलाइनुपर्छ ।’

रावलले पार्टीभित्र देखिएको समस्याबारे स्थायी कमिटीमा छलफल हुनुपर्ने बताएका छन् । साथै यसअघि भएका बैठकका निर्णय कार्यान्वयन गरे समस्या आफैं समाधान हुँदै जाने विश्वास उनले व्यक्त गरे ।

यसैगरी, नेकपा स्थायी कमिटीका अर्का सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्टले सांकेतिक रूपमा प्रधानमन्त्री ओलीमाथि तिखो प्रहार गरेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP