Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

चरेश सहित चार महिला पक्राउ

कपिलवस्तुको दुई छुट्टाछुट्टै स्थानबाट आज ठूलो मात्रामा लागुऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिकाबाट प्रहरीले नेपालबाट भारत तर्फ जादै गरेका ३ जना महिलाहरुको साथबाट ७ किलो ५ सय ग्राम चरेश फेला पारी पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका तीनै जना महिलाहरुलाइ जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भईरहेको पनि जनाइएको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं। ९ विजौरी बस्ने योजना न्यौपाने, सोहि ठाउँकी शुष्मा रोका मगर र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं ३ तुल्सिपुर घर भई हाल लमही नगरपालिका वडा नं। ८ शान्तिनगर बस्ने मिना कुमारी घर्ति मगर रहेको प्रहरीले जनाएको छ ।
यसैबिच यता जिल्लाको शिवराज नगरपालिकाबाट पनि लाघुऔषध चरेश सहित एक महिलालाई प्रहरिले पक्राउ गरेको छ । शिवराज नगरपालिकाको वडा नम्बर ५ चैनपुरबाट सोहि ठाउँकी कमला पुनको साथ बाट झोला भित्र पलाष्टिकले बेरेर राखेको अवस्थामा ६ के.जी. चरेश फेला परेको प्रहरीले जनाएको छ । चरेश सहित पक्राउ परेकी पुनलाई वडा प्रहरी कार्यालय चन्द्रौटामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP