Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

बागमती र प्रदेश १ मा यसै साता मुख्यमन्त्री फेरिँदै

काठमाडौं – दुईवटा प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिने भएका छन् । बागमती र प्रदेश १ मा अल्पमतमा परेका मुख्यमन्त्री फेरिने भएका हुन् । नेकपा एमाले विभाजनपछि दुवै प्रदेशका मुख्यमन्त्री अल्पमतमा परेका छन् । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । कार्तिक ४ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतदान प्रक्रिया अघि बढाइने छ ।

यस्तै, प्रदेश १ प्रदेशसभाको बैठक कार्तिक ५ गते शुक्रबारका लागि आह्वान गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । सत्तारुढ दल विभाजन भएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण दुवै प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिन बाध्य भएका हुन् ।

गमती प्रदेशमा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा परेको छ । १०९ सदस्यीय प्रदेशसभामा एमालेसँग ४३ सांसदमात्र छन् । बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ । तर, २३ सांसद रहेको नेकपा माओवादी केन्द्र, २२ सांसद रहेको नेपाली काँग्रेस र १३ सांसद रहेको नेकपा एकीकृत समाजवादीसहितका पार्टीले प्रदेशमा पनि केन्द्रकै गठबन्धनलाई निरन्तरता दिएका छन् । जसले गर्दा प्रदेशसभामा यी तीन दलका ५८ सांसद हुन्छन् । यो संख्या प्रदेशसभाको पूर्ण बहुमत हो ।

बागमती प्रदेशसभामा विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र जसपा नेपालका एक सांसद छन् । जसपा पनि काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनमा सामेल छ । त्यसैले मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने आधार देखिँदैन ।

प्रदेश १ मा पनि मुख्यमन्त्री अल्पमतमा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने आधार देखिँदैन । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक हुन्छ । तर सत्तारुढ दल नेकपा एमालेसँग ४१ सांसदमात्र छन् ।

अर्कोतिर विपक्षी गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १० र जसपा ३ सांसद छन् । विपक्षी गठबन्धनसँग ४९ सांसद भएका कारण प्रदेश १ का मुख्यमन्त्री आचार्यले पनि विश्वासको मत हासिल गर्न असम्भव देखिएको हो । प्रदेशसभामा राप्रपाका एक, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP