Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

सरकार र विप्लव समूहको छलफल सकारात्मक

काठमाडौं। सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति कार्यान्वयनबारे सकारात्मक छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको छलफलमा महान्यायाधिवक्ता खम्मबहादुर खाती, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत सहभागी भए।

गृह मन्त्रालयमा भएको छलफलमा विप्लव समूहका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूको अवस्थाबारे दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिका आधारमा ‘भेरिफाइ’ गरी अन्तिम सूची तयार गर्ने’ सहमति भएको छ ।

त्यसरी तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दाहरूलाई कसरी किनारा लगाउन भनेर अर्को बैठकमा छलफल गरिने गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए ।

नेकपा प्रवक्ता प्रकाण्डले पनि गृहमन्त्रीसँग भएको वार्ता सकारात्मक रूपमा अघि बढेको जानकारी दिएका छन् । उनले अघि भने, ुसरकारले गर्नु पर्ने काम धेरै छन् । हामीले गर्ने काम पनि छन् । दुवै पक्ष सकारात्मक भएकाले अर्को बैठकमा टुंगिने आशा गरौं ।’

गृहमन्त्री खाणले नेकपासँग भएको सहमति कार्यान्वयनका लागि कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधिवक्ता खाती लगायतसँग छलफल गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव समूहसँग २० फागुन २०७७ मा तीनबुँदे सहमति गरेको थियो ।

सहमतिअनुसार कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहको रिहाई र मुद्दा खारेज नभएको विप्लव समूहको गुनासो छ। शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि विप्लव समूहले सबै दलका नेताहरूलार्इ भेटेर सहमति कार्यान्वयन गर्न माग गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP