Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक आज बस्न लागेको हो।

नेकपा (एमाले)बाट गत भदौ १० गते मुख्यमन्त्री नियुक्त आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद सचिवालयमा दर्ता गराएका थिए। आज बस्ने बैठकमा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव टेवल गरेपछि छलफलको प्रक्रियामा जानेछ।

सभामुख प्रदीपकुमार भण्डारील आजको बैठकमा छलफलपछि मतदानको मिति केही दिन पर सार्ने तयारी गरेका छन्। तर‚ प्रतिपक्षी दलहरु भने आजै सरकारको विश्वास परीक्षण हुनुपर्ने अडानमा छन्।

एमालेका प्रमुख सचेतक बुद्धि राजभण्डारीले आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव टेवल हुने बताए। बैठकअघि एमाले संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए।

बैठकको कार्यसूची तय गर्नका लागि साढे १० बजे सभामुख भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।

आजै मतदान चाहन्छौ : गठबन्धन

नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धनले आजै मतदान गरी नयाँ सरकार गठनको गृहकार्य सुरु गर्ने तयारी रहेको बताए।

उनले भने, ‘सभामुखज्युले के गर्नुहुन्छ भन्ने कुरा चाहिँ सभामुख हात हुन्छ।’

उनले सरकरले समय सारेर आफ्नो आयु लम्ब्याएको आरोप समेत लगाए। आङ्बोले भने, ‘सभामुखले आजसम्म सरकारलाई नै सहयोग गर्दै आइरहनुभएको छ, आजको भूमिका सभामुखको के हो भन्ने कुरा कार्यव्यवस्थाको बैठकमा उहाँले ल्याउनुभएको प्रस्तावबाट नै थाहा हुन्छ।’ दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भए पनि मुख्यमन्त्री आचार्य संसद छलेर राजनीतिक नियुक्ति गर्नतर्फ केन्द्रित भएका छन्।

अल्पमतमा मुख्यमन्त्री

गत भदौ १० गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि राईकै प्रस्तावमा एमालेको एकल बहुमत भएको दाबीसहित आचार्य मुख्यमन्त्री बनेका थिए। तर‚ एमालेका १० जना सांसद नेकपा (एकीकृत समाजवादी)मा गएपछि आचार्य स्पष्ट अल्पमतमा छन्।

९३ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। एमालेसँग ४१ जना सांसद मात्रै छन्। नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १० र जनता समाजवादी पार्टीका ३‚ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक सांसद रहेका छन्।

असोज २४ गतेको बैठकपछि सभामुखले असोज २५ गतेका लागि बैठक बोलाएका थिए। तर सचिवालयमार्फत सूचना प्रकाशित गर्दै उनले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP