कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका वडा ८ मा माधव नेपाल निकट एकीकृत समाजवादी पार्टीले जालझेल गरि बनाएका पार्टी वडा कमिटी अध्यक्ष शैलेन्द्र बेल्बासे एमालेमा नै रहेका छन ।
नेकपा एमालेको कार्तिक ६ गते सम्पन्न वडा अधिवेशनमा बाणगंगा ८ को वडा उपसचिबमा जिम्मेवारी सम्हालेका बेल्बासेलाइ केही दिन अघि एकीकृत समाजवादी बाणगंगाले झुक्याएर आफ्नो पार्टीमा आएको भन्दै प्रचार प्रसार गरेको थियो ।
नेकपा एकीकृत समाजवादीले कपिलवस्तु का अन्य पालिका हरुमा पनि जालझेल गर्दै एमालेका कार्यकर्तालाई झुक्याएर पार्टी प्रवेश गराएको छ । आफ्नो कमिटीमा राख्ने मान्छे नपुगे पछि यस्तो कार्य गर्नु निकै लज्जास्पद रहेको एमाले बाणगंगाका नेता कार्यकर्ताहरु बताउछन ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लंक हमालको गृह नगर शिबराज नगरपालिका वडा १मा पनि झुक्याएर वडा अध्यक्ष बनाइएका राधेश्याम चौधरी एमालेमै रहेको दाबी गरेका छन । 10 Views
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया