Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

मंसिरभित्र सम्पन्न हुने गरी महाधिवेशनको कार्यतालिका बनाउन देउवाकाे निर्देशन

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन्।

मंगलबार सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरूबीचको छलफलमा सभापति देउवाले निर्वाचन समितिलाई मंसिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको बताएका हुन्।

सोही अनुसारको कार्यतालिका बनाउन उनले निर्देशन दिएका छन्। पार्टी सभापतिले मंसिरभित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

उनले भने, ‘पार्टी सभापतिले निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ। तपाईँहरूले यो प्रक्रियालाई चाँडोभन्दा चाँडो अगाडि बढाउनुहोस्। र मंसिरभित्र महाधिवेशन गरी सक्नुपर्छ भन्नुभयो।’

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मंसिरभित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ।

महाधिवेशनको कार्यतालिकामा हुने सानोतिनो हेरफेर र महाधिवेशनको अन्य तयारीको लागि पनि तत्काल केन्द्रीय कार्य समितिको बैठक बोलाउन आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए।

उनले भने, ‘महाधिवेशनको कार्यतालिकामा केही सानोतिनो हेरफेर गर्नुपर्‍यो भने कार्य समितिले बनाएको कार्यतालिका हो। त्यसलाई हेरफेर गर्न पनि केन्द्रीय कार्य समिति बैठक बोलाउनु पर्छ। त्यसलाई फर्मल बनाउन पनि केन्द्रीय कार्य समितिको बैठक बोलाइयोस् भनेर मैले माग गरेको छु। सायद बोलाउनु होला।’

नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो। तर तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाई भएपछि सभापति देउवाले मंसिरभित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP